Kartik Nachकार्तिक नाच Preservation Committee, Mangal Bazarसंरक्षण समिति, मंगलबजार
·
Donateदान गर्नुहोस्
Line drawing of a many-armed deity

कार्तिक नाच

The dance of the gods at Patan Durbar Square, every Kartik since 1641 AD

ने.सं. ७६१ देखि हरेक कार्तिकमा पाटन दरबार क्षेत्रमा देवताहरूको नाच

King Siddhi Narasimha Malla founded this dance-drama for the people of Patan in Nepal Sambat 761, nearly four centuries ago. It is staged every Kartik on the stone stage of Kartik Dabali, with artists playing Vishnu's avatars, gods, demons and the three cunning Bathah brothers.

ने.सं. ७६१ (वि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लले पाटनवासीका लागि स्थापना गर्नुभएको यो नाच हरेक कार्तिकमा कार्तिक दबलीमा प्रस्तुत हुँदै आएको छ। कलाकारले विष्णुका अवतार, देवदेवी, दैत्य र तीन बाथः दाजुभाइको भूमिका निभाउँछन्।

Until 1949 AD it ran for the whole month. This year we can stage twelve nights, from 13 to 24 November, every evening from 7pm. Help us bring the rest back.

वि.सं. २००६ सम्म यो नाच पूरै महिना चल्थ्यो। यस वर्ष कार्तिक २७ देखि मंसिर ८ सम्म हरेक साँझ ७ बजेदेखि १२ रात नाच देखाइँदै छ। बाँकी रात फर्काउन तपाईंको सहयोग चाहियो।

Twenty-seven nights once. Twelve this year.कुनै बेला सत्ताइस रात, यस वर्ष बाह्र रात।

Until 1949 AD Kartik Nach was danced for the whole month of Kartik. Each lamp is one of those nights. The lit lamps are the twelve nights we can stage in BS 2083; the dark ones are the nights we hope to bring back.

वि.सं. २००६ सम्म कार्तिक नाच पूरै कार्तिक महिना नाचिन्थ्यो। हरेक दियो त्यसको एक रात हो। बलेका दियो यस वर्ष (वि.सं. २०८३) देखाउन सकिने १२ रात हुन्; निभेका दियो फर्काउन चाहेका रात हुन्।

Lit: 12 nights in BS 2083 (13 to 24 November 2026 AD). Dark: 15 nights we want back.

बलेका: वि.सं. २०८३ का १२ रात (कार्तिक २७ देखि मंसिर ८)। निभेका: फर्काउन चाहेका १५ रात।

Kartik Nach BS 2083कार्तिक नाच वि.सं. २०८३

This year's programmeकार्यक्रम तालिका

  • WhenकहिलेKartik 27 to Mangsir 8, BS 2083
    Fri 13 to Tue 24 November 2026 AD
    वि.सं. २०८३ कार्तिक २७ गते शुक्रबार देखि
    मंसिर ८ गते मंगलबार सम्म
  • TimeसमयEvery evening from 7pmहरेक साँझ ७ बजेदेखि
  • Whereस्थानKartik Dabali, Mangal Bazar,
    Patan Durbar Square
    कार्तिक दबली, मंगलबजार,
    पाटन दरबार क्षेत्र
    Open map ↗नक्सा हेर्नुहोस् ↗

Tap a night to read its story. Organised by the Kartik Nach Preservation Committee, Mangal Bazar, Lalitpur.

कथा पढ्न कुनै रातमा थिच्नुहोस्। आयोजक: कार्तिक नाच संरक्षण समिति, मंगलबजार, ललितपुर।

Since Nepal Sambat 761 (1641 AD)नेपाल संवत् ७६१ देखि

A king's gift to Patanराजाले पाटनलाई दिएको नाच

Kartik Nach, called Kātti Pyākhã in Nepal Bhasa, was founded in Nepal Sambat 761 (Bikram Sambat 1697, 1641 AD) by King Siddhi Narasimha Malla of Lalitpur. It stands among the finest of the world's longest musical dance-dramas, and its blend of classical, tantric and folk traditions keeps it as respected today as it was then.

ने.सं. ७६१ (वि.सं. १६९७) सालमा ललितपुरका राजा श्री सिद्धिनरसिंह मल्लद्वारा स्थापित यो नाच विश्वकै सबैभन्दा लामो सांगीतिक भाव नाचमध्ये एउटा उत्कृष्ट नमुनाको रूपमा सम्पूर्ण नेपालवासीसामु उभिन सफल भएको नाच हो। ऐतिहासिक एवं सांस्कृतिक मूल्य र मान्यता बोकेको यस नाचको शास्त्रीय पक्ष, तान्त्रिक पक्ष र लोकपक्षको सम्मिश्रणले गर्दा आज पनि यसको गरिमा उत्तिकै उच्च रहेको छ।

Its creator was the king's own teacher, Pandit and Natyacharya Harivamsha Upadhyaya, who shaped its classical side. The king's initiation guru, Vishwanath Upadhyaya, gave it its tantric side.

यस गरिमामय नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक राजा श्री सिद्धिनरसिंह मल्लकै शिक्षागुरु पण्डित/नाट्याचार्य हरिवंश उपाध्याय हुनुहुन्छ। यस नाचमा उहाँको शास्त्रीय पक्षका लागि देन छ भने राजाकै दीक्षागुरु विश्वनाथ उपाध्यायको तान्त्रिक पक्षका लागि देन छ।

The king began it so that the country would be free of trouble and at peace: to bring his people together under one roof and, along with entertainment, to teach them religious, moral, social and political lessons. The classical plays tell of Vishnu's avatars. The folk plays follow three cunning brothers, seen as Brahma, Vishnu and Maheshwar, whose adventures expose the bad customs and disorder of their society.

देशमा विघ्नबाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुले तत्कालीन जनतालाई एउटै सूत्रमा बाँधी एक छत्रमा ल्याई मनोरञ्जनका साथसाथै धार्मिक, नैतिक, सामाजिक र राजनीतिक ज्ञान दिनु नै यस नाचको प्रमुख उद्देश्य रहेको पाइन्छ। शास्त्रीय पक्षमा भगवान विष्णुका विभिन्न अवतारको उल्लेख पाइन्छ भने लोकपक्षमा ब्रह्मा, विष्णु र महेश्वरको प्रतिरूपमा तीन धूर्त र चलाख दाजुभाइमार्फत तत्कालीन समाजका कुसंस्कार, कुरीति र अराजकता औँल्याइएको छ।

Today Kartik Nach belongs not only to Lalitpur but to all of Nepal, as part of its intangible heritage. Artists from many Newar families share one stage, among them Amatya, Bajracharya, Byanjankar, Chitrakar, Joshi, Maharjan, Malla, Napit, Pradhan, Rajopadhyay, Shakya, Shilpakar, Shrestha, Tamrakar and Tandukar, many of them in roles handed down from their ancestors.

यो नाच ललितपुरको मात्र नभई सिंगो नेपालकै राष्ट्रिय अमूर्त सम्पदा र परम्परागत सांस्कृतिक नाच हो। अमात्य, बज्राचार्य, ब्यञ्जनकार, चित्रकार, जोशी, महर्जन, मल्ल, नापित, प्रधान, राजोपाध्याय, शाक्य, शिल्पकार, श्रेष्ठ, ताम्रकार, तण्डुकारलगायत विभिन्न नेवार समुदायका कलाकार एउटै मञ्चमा उभिन्छन्, धेरैले पुर्खाबाट पाएको भूमिका निभाउँछन्।

Nearly four centuries on one stageएउटै दबलीमा झन्डै चार शताब्दी

  1. NS 761 · BS 1697 · 1641 ADने.सं. ७६१ · वि.सं. १६९७

    King Siddhi Narasimha Malla founds the dance with five days of plays.

    राजा सिद्धिनरसिंह मल्लले पाँच दिनको नाचबाट यसको सुरुवात गर्नुभयो।

  2. NS 787 · BS 1723 · 1666 ADने.सं. ७८७ · वि.सं. १७२३

    King Shrinivas Malla adds seven days of Bathah Pyakhan, the tales of three cunning brothers.

    राजा श्रीनिवास मल्लले तीन धूर्त र चलाख दाजुभाइको कथामा आधारित ७ दिनको बाथः प्याखँ थप्नुभयो।

  3. NS 868 · BS 1804 · 1747 ADने.सं. ८६८ · वि.सं. १८०४

    King Yog Narendra Malla adds fifteen days, including Usha Haran and Madhavanal. Later kings such as Rajya Prakash Malla and Vishnu Malla add songs.

    राजा योग नरेन्द्र मल्लले उषाहरण लीला र माधवानर लीलासहित १५ दिनको नाटक थप्नुभयो। पछिका राजा राज्यप्रकाश मल्ल, विष्णु मल्ल आदिको गीत रचनामा पनि देन छ।

  4. Until BS 2006 · 1949 ADवि.सं. २००६ सम्म

    Danced without a break for a full month every year.

    नाच हरेक वर्ष अटुट रूपमा पूरै एक महिना चल्यो।

  5. BS 2007 · 1950 ADवि.सं. २००७

    After the revolution, only two days, Varaha and Narasimha Avatar, are danced. It stays that way for thirty years.

    जनक्रान्तिपछि बराह अवतार र नृसिंह अवतार गरी २ दिन मात्र देखाउन पाइयो, जुन वि.सं. २०३७ सम्म रह्यो।

  6. BS 2038 · 1981 ADवि.सं. २०३८

    The dance is widened again, with Vishnu's other lilas, Bathah Pyakhan, Madhavanal and Usha Haran, as the Kartik Nach Management Committee forms around its artists.

    बराह र नृसिंह अवतारसँगै विष्णुका अन्य लीला, बाथः प्याखँ, माधवानर र उषाहरण लीला थपेर नाच फेरि विस्तार गरियो।

  7. BS 2069 to 2071 · 2012 to 2014 ADवि.सं. २०६९ देखि २०७१

    Eight days until BS 2069, ten from BS 2070, and from BS 2071 ten or twelve days a year.

    वि.सं. २०६९ सम्म ८ दिन, वि.सं. २०७० मा १० दिन, र वि.सं. २०७१ मा र त्यसपछि कहिले १० त कहिले १२ दिन।

  8. BS 2077 · 2020 ADवि.सं. २०७७

    The Covid-19 pandemic: only two days.

    कोरोना महामारीका कारण २ दिन मात्र नृत्य प्रस्तुत गरियो।

  9. From BS 2078 · 2021 ADवि.सं. २०७८ देखि

    The dance grows to eight days.

    ८ दिन नृत्य प्रस्तुत गरियो।

  10. BS 2083 · 2026 ADवि.सं. २०८३

    Twelve nights this year. Our goal is the full month once more.

    यस वर्ष १२ रात। लक्ष्य: फेरि पूरै एक महिना।

BS 2035 to 2058 · 1978 to 2001 ADवि.सं. २०३५ देखि २०५८

From the archiveपुराना तस्बिरहरू

Old photographs from the artists' own collections. Names and dates are as written on the prints. Tap any photo to see it larger.

कलाकारहरूकै संग्रहबाट केही पुराना तस्बिर। नाम र मिति तस्बिरमा लेखिएअनुसार राखिएका छन्। ठूलो हेर्न तस्बिरमा थिच्नुहोस्।

BS 2035 · 1978 ADवि.सं. २०३५Keshab Krishna Shrestha dancing as Varaha on Kartik Shukla Dwadashi.कार्तिक शुक्ल द्वादशीका दिन बराह भई नाच्दै केशब कृष्ण श्रेष्ठ।
BS 2038 · 1981 ADवि.सं. २०३८Varaha dance, Kartik. Keshab Krishna Shrestha and Manik Lal Chitrakar.कार्तिक, वराह नाच। केशब कृष्ण श्रेष्ठ, माणिक लाल चित्रकार।
12 Mangsir BS 2058 · 2001 ADवि.सं. २०५८/८/१२Mani Ratna Maharjan, Keshab Krishna Shrestha and Bijaya Tandukar.मणि रत्न महर्जन, केशब कृष्ण श्रेष्ठ, विजय तण्डुकार।
Year not recordedवर्ष उल्लेख छैनKiran Chitrakar, Dinesh Tandukar, Uttam Ratna Shakya, Man Ratna Maharjan, Hera Shilpakar and Surendra Maharjan.किरण चित्रकार, दिनेश तण्डुकार, उत्तम रत्न शाक्य, मन रत्न महर्जन, हेरा शिल्पकार, सुरेन्द्र महर्जन।
Varaha danceवराह नाचKeshab Krishna Shrestha.केशब कृष्ण श्रेष्ठ।

Year not recordedवर्ष उल्लेख नभएका तस्बिर

Year not recordedवर्ष उल्लेख छैन
Year not recordedवर्ष उल्लेख छैन
Year not recordedवर्ष उल्लेख छैन
Year not recordedवर्ष उल्लेख छैन
Year not recordedवर्ष उल्लेख छैन

How the festival worksनाचको परम्परा

Every night opens and closes with Vishnuहरेक रात विष्णु गणबाट
Each evening begins with the entrance dance of the Vishnu (Krishna) gana: Vishnu with Lakshmi and Saraswati (Rukmini and Satyabhama), the doorkeepers Jaya and Vijaya, and the guard Sunanda. The same dance closes the night.
श्री विष्णु (श्री कृष्ण), लक्ष्मी, सरस्वती (रुक्मिणी, सत्यभामा), द्वारपाल जय, विजय र कोतवाल सुनन्दसहितको गणलाई विष्णु गण/कृष्ण गण भनिन्छ। हरेक दिन यही गणको प्रवेश नृत्यबाट नाच सुरु हुन्छ र सोही नृत्यबाट अन्त्य हुन्छ।
Three nights that never moveतीन निश्चित रात
Whenever the festival begins, Jalashayan, Varaha Avatar and Narasimha Avatar are always danced on Kartik Shukla Ekadashi, Dwadashi and Trayodashi.
कार्तिकको जुनसुकै तिथिबाट सुरु भए पनि कार्तिक शुक्ल एकादशी, द्वादशी र त्रयोदशीमा क्रमशः जलशयन, बराह अवतार र नृसिंह अवतार नै देखाइन्छ।
A cast of gods and demonsदेवता र दैत्यका गण
The plays bring together many ganas: the gods (Vishnu and Krishna), Mahadev, the goddesses, Indra and the demons, along with the fevers Vishamjwar and Shitjwar, the battle between Mahadev and Krishna, and the lilas of Vishnu's avatars.
यस नाचमा देवगण (विष्णु/कृष्ण गण), महादेव गण, देवी गण, इन्द्र गण, दैत्य गणलगायत विषमज्वर र शीतज्वर, महादेव र कृष्णको युद्धकला तथा भगवान विष्णुका विभिन्न अवतारका लीला समावेश छन्।
Holy and comicशास्त्रीय र लोकपक्ष
Alongside the sacred plays runs the Bathah Pyakhan: earthy, funny and satirical, full of love and laughter, and still sharp about the society we live in today.
शास्त्रीय नाटकसँगै लौकिक बाथः प्याखँ पनि देखाइन्छ, जसमा शृङ्गार र हास्यरस प्रधान हुन्छ र जुन व्यङ्ग्यात्मक तथा प्रतीकात्मक हुँदै आज पनि उत्तिकै सान्दर्भिक छ।
Passed on by earमुखाग्र परम्परा
The dances are taught and choreographed orally. The Kartik Nach Documentation Project, led by the Alliance for Ecotourism with support from the Ambassador's Fund for Cultural Preservation, has recorded all 27 days, including the music notation, to help train a new generation.
यो नाच मुखाग्र रूपमा सिकाइँदै आएको छ। एलायन्स फर इकोटुरिजमको नेतृत्वमा भएको कार्तिक नाच अभिलेखीकरण परियोजनाले संगीतको स्वरलिपिसहित २७ दिनकै प्रस्तुति अभिलेख गरेको छ, जसले नयाँ पुस्तालाई सिकाउन सघाउँछ।
Back to a full monthफेरि पूरै महिना
The Kartik Nach Preservation Committee raises support every year to protect and promote this heritage, and aims to stage the dance for the full month again.
यस ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन र जगेर्नाका लागि कार्तिक नाच संरक्षण समितिले आर्थिक सहयोग जुटाउँदै आएको छ, र नाचलाई फेरि एक महिनासम्म देखाउने लक्ष्य लिएको छ।

The storiesकथाहरू

Kartik Nach is not one play but many, added by three generations of Malla kings. Tap any story to read it and see its poster.

कार्तिक नाच एउटा मात्र नाटक होइन; मल्ल राजाका तीन पुस्ताले थप्दै गएका धेरै नाटकको सँगालो हो। कथा पढ्न र पोस्टर हेर्न कुनै पनि कथामा थिच्नुहोस्।

Vishnu's avatars and Krishna's lilasविष्णुका अवतार र कृष्णलीला

The first plays, from King Siddhi Narasimha Malla's time. They are religious, and danced on set days in a set order.

राजा सिद्धिनरसिंह मल्लको पालादेखिका पहिला नाटकहरू, जुन धार्मिक प्रकृतिका छन् र तोकिएका दिन र क्रममा देखाइन्छन्।

Bathah Pyakhan: the three cunning brothersबाथः प्याखँ: तीन चलाख दाजुभाइ

Added by King Shrinivas Malla in BS 1723 (1666 AD). Ga Daju, Sama Daju and the youngest, Bathah Kija, are seen as a play of Brahma, Vishnu and Maheshwar. Their seven comic tales poke fun at society and still ring true. It is said the king himself once played Bathah Kija. Read them in order.

वि.सं. १७२३ मा राजा श्रीनिवास मल्लले थप्नुभएको बाथः प्याखँ। ग दाजु, सम दाजु र कान्छो बाथः किजा गरी तीन दाजुभाइलाई ब्रह्मा, विष्णु र महेश्वरको लीलाको रूपमा लिइन्छ। हास्यव्यङ्ग्यले भरिएका यी सात कथाले समाजका कुरीतिमाथि व्यङ्ग्य गर्छन्। राजा आफैंले बाथः किजाको भूमिका निभाउनुहुन्थ्यो भन्ने विश्वास छ। कथाहरू क्रमैसँग पढ्नुहोस्।

The great epicsलामा नाटक

Added by King Yog Narendra Malla, who stretched the festival across the whole month of Kartik except the three days of Tihar. Usha Haran was danced over seven days and Madhavanal over five.

राजा योग नरेन्द्र मल्लले थप्नुभएका दुई लामा नाटक, जसपछि नाच तिहारका तीन दिनबाहेक पूरै कार्तिक महिना चल्न थाल्यो। उषाहरण सात दिन र माधवानर पाँच दिनसम्म देखाइन्थ्यो।

Join the donors' rowदाताको पंक्तिमा सामेल हुनुहोस्

In a Newar paubha painting, the people who paid for it are painted along the bottom row, bringing offerings to the gods above. Kartik Nach has always been kept alive the same way, by the people of Patan and everyone who loves it.

नेवार पौभा चित्रमा त्यो चित्र बनाउन खर्च गर्ने दाताहरूलाई तलको पंक्तिमा देवतालाई भेटी चढाउँदै गरेको देखाइन्छ। कार्तिक नाच पनि सधैं यसै गरी पाटनवासी र यसलाई माया गर्ने सबैको सहयोगले जोगिँदै आएको छ।

  1. Open any Fonepay bank app, digital wallet or UnionPay app.फोनपे चल्ने जुनसुकै बैंक एप, डिजिटल वालेट वा युनियनपे एप खोल्नुहोस्।
  2. Scan the QR at the top of this page. On a phone, save it and pick it from your gallery.यस पृष्ठको माथिको QR स्क्यान गर्नुहोस्। फोनमा भए सेभ गरी ग्यालरीबाट छान्नुहोस्।
  3. Check that the name says Kartik Nach Sanrakshyan Samitee, enter any amount, and confirm.नाम Kartik Nach Sanrakshyan Samitee देखिएको हेरी रकम हालेर पुष्टि गर्नुहोस्।
Back to the QRQR मा फर्कनुहोस्

Or transfer straight to the bank account

वा बैंक खातामा सिधै रकम पठाउनुहोस्

A registered non-profitदर्ता भएको गैरनाफामूलक संस्था

  • District Administration Office, Lalitpur, Reg. No.जिल्ला प्रशासन कार्यालय, ललितपुर, दर्ता नं. 4100/071
  • Enlisted with Lalitpur Metropolitan Cityललितपुर महानगरपालिकामा सूचीकृत
  • PANस्थायी लेखा नं. (PAN) 602836542 · Inland Revenue Office, Lalitpur-2आन्तरिक राजस्व कार्यालय, ललितपुर-२

Questions about giving? Call 984-1218432 or write to kartiknaach@gmail.com.

सहयोगबारे केही सोध्नु छ? ९८४-१२१८४३२ मा फोन गर्नुहोस् वा kartiknaach@gmail.com मा लेख्नुहोस्।

Musicians with drums play beside performers acting out a scene on the stage
Musicians play beside the performers, right at the edge of the stage.
दबलीकै छेउमा कलाकारसँगै बाजा बजाउनेहरू।

What your gift pays for

तपाईंको सहयोग केमा खर्च हुन्छ

  • The artistsकलाकारFair pay for the dancers and musicians, twenty or more each night.हरेक रातका बीसभन्दा बढी नर्तक र बाजा बजाउनेलाई उचित पारिश्रमिक।
  • Masks and costumesमुकुण्डो र पोसाकRepairing and remaking the painted masks, ornaments and costumes.रंगिएका मुकुण्डो, गहना र पोसाकको मर्मत र नयाँ निर्माण।
  • Lamps and the stageबत्ती र दबलीLighting, sound and setting up Kartik Dabali each night.हरेक रात कार्तिक दबलीमा बत्ती, ध्वनि र मञ्च व्यवस्था।
  • The lost nightsहराएका रातEvery extra night we can fund brings back a story that hasn't been danced in years.थपिने हरेक रातले वर्षौंदेखि नाचिन नपाएको एउटा कथा फर्काउँछ।

Open on YouTube ↗YouTube मा खोल्नुहोस् ↗

Open the full poster ↗पूरा पोस्टर खोल्नुहोस् ↗